दफा ९१
पहिलेको दण्ड सजाय र चरित्रको प्रमाण
(१) परिच्छेद–७ बमोजिमको कसुर गरेको अभियोगमा मुद्दा दायर गरिएको कुनै अभियुक्तको सम्बन्धमा पैसला गर्दा त्यस्तो अभियुक्त यस अघि सैनिक अदालत वा अन्य अदालतबाट दोषी ठहरिए नठहरिएको वा विभागीय सजाय पाए नपाएको बुझी त्यसमा भएको निर्णय समेतलाई प्रमाणको रूपमा लिन सकिनेछ । यस प्रयोजनको लागि अभियुक्तको चरित्र र निजको विगत क्रियाकलापलाई समेत सैनिक अदालतले जानकारीमा लिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रमाण मौखिक वा सैनिक अदालतको किताव वा अरू सरकारी कितावमा लेखिएको कुरा वा त्यस्तो कितावको हो भनी प्रमाणित उतार हुन सक्नेछ र अघि ठहरिएको कसुर वा अभियुक्तको चरित्र र निजको विगत क्रियाकलापलाई समेत प्रमाणको रूपमा लिन सकिनेछ भनी पुर्पक्ष अगावै अभियुक्तलाई सूचना दिन आवश्यक पर्ने छैन ।
(३) समरी सैनिक अदालतले उचित ठहयाएमा अभियुक्तको सम्बन्धमा यस अघि कुनै फैसला भएकोमा यसै ऐनबमोजिम सो पैसला, निजको चरित्र र विगत क्रियाकलापको सम्बन्धमा आपूलाई प्राप्त जानकारी प्रमाणित नगराइकन पनि अभिलेख राख्न सक्नेछ ।